Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, कन्चनपुर

ईलाका प्रशासन कार्यालय , त्रिभुवनवस्ती, कन्चनपुर

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, कन्चनपुर

ईलाका प्रशासन कार्यालय , त्रिभुवनवस्ती, कन्चनपुर

न्यून व्यान्डविथ Invert Color A- A A+

जिल्ला परिचय 2077-06-25

जिल्ला परिचय 
कञ्चनपुर जिल्ला नेपालको एकीकरण हुनुभन्दा पहिले बाइसे–चौबिसे राज्य रहेका वखत डोटी राज्यको सीमा क्षेत्रमा पर्दथ्यो । त्यतिबेलासम्म यस जिल्लाको नामकरण भइसकेको थिएन । मल्ली माल र तल्ली मालको नामबाट चिनिने यस जिल्लाको भूभाग पनि कैलाली जिल्लाकै भूभागमा समावेश रहेको थियो । 

सन् १८१४ देखि १८१५ सम्म अंग्रेजसँग भएको युद्धपछि सन् १८१६ मा गरिएको सुगौली सन्धिबाट काली नदी पश्चिमको सम्पूर्ण भू–भागसँगै तरार्ईको कञ्चनपुर पनि इस्ट इण्डियामा गाभिएको थियो । सन् १८६० को प्रत्यावर्तन सन्धि भएपछि कैलाली, कञ्चनपुर, बाँंके र बर्दियासम्मको तरार्ई भूखण्ड नयाँ मुलुकको रुपमा नेपाललाई प्राप्त भएको थियो । नेपालमा आवद्ध भइसकेपछि मात्र कैलाली र कञ्चनपुर छुट्टाछुट्टै जिल्ला बन्न पुगेका हुन् । कञ्चनपुर नयाँ जिल्लाको रुपमा स्थापित हुँदा यसको सदरमुकाम हालको बेलौरी नगरपालिकाको बेलौरी बजारमा रहेको र सोही बेलौरी नजिकको कञ्ज नामक ग्रामबाट कञ्चनपुर जिल्लाको नामकरण हुन गएको भन्ने इतिहासका अध्येताहरुको भनाई रहेकोपाइन्छ । यस जिल्लाको हालको सदरमुकाम २०१९ सालपछि कञ्चनपुरको बेलौरीबाट महेन्द्रनगरमा सारिएको देखिन्छ । 
नेपालको संविधानबमोजिम संघीय गणतन्त्र नेपालको मूल संरचना ३ तह ९संघ, प्रदेश र स्थानीय० मा हुने व्यवस्था र राज्यको पुनर्संरचना अनुसार सात प्रदेशमध्ये कञ्चनपुर जिल्ला सुदूरपश्चिम प्रदेशको तराईमा अवस्थित जिल्ला हो ।

भौगोलिक अवस्थाः
यस जिल्लाको पूर्वमा कैलाली, पश्चिम तथा दक्षिणमा भारत र उत्तरमा डडेलधुरा जिल्ला पर्दछ । यो जिल्ला २८ ३२' उत्तरीदेखि २९ २८' उत्तरी अक्षांश र ८० ३' पूर्वदेखि ८० ३३' पूर्वी देशान्तरसम्म फैलिएको छ । यस जिल्लाको क्षेत्रफल १,६१० वर्ग कि.मि.मध्ये ३७ प्रतिशत भूभाग खेतीयोग्य, ५५ प्रतिशत भूभाग वन जंगल  र ८ प्रतिशत भूभाग खोलानालाले ओगटेको छ । भूतलीय उचाईको हिसाबले हेर्दा यो जिल्ला समुद्री सतहदेखि दक्षिणमा १६० मिटरदेखि उत्तरमा १,५२८ मिटर सम्मको उचाईमा अवस्थित छ । जिल्लाको पूर्व पश्चिम औसत लम्बाई ४४ कि.मि. र उत्तर – दक्षिण औसत चौडाइ ३४ कि.मि. रहेको छ । 
भौगोलिक विभाजनको आधारमा यस जिल्लालाई चुरे भूभाग भावरको भूभाग र तराईको मैदान गरी ३ भागमा विभाजन गरी हेर्न सकिन्छ । महाकाली , जोगबुढा, चौधर, मोहना, स्याली, बनारा, डोडा, सोनवरा नदीहरु यस जिल्ला भएर बग्ने प्रमुख नदीहरु हुन । महाकाली बाहेक अन्य सबै नदिहरुको मुहान महाभारत पर्वत श्रृङ्खला र चुरे पर्वत श्रृङ्खला रहेका छन् ।

 

जिल्लाको इतिहास

पहिले नेपालको बाइसे चौबीसे राज्य रहेको बखत यो जिल्ला डोटी राज्यको सीमा क्षेत्रमा पर्दथ्यो। ऐतिहासिक पृष्ठभूमि हेर्दा इस्वी सन् १८१४ देखि १८१६ सम्म अंग्रेजसँग भएको युद्धपछि गरिएको सन्धिबाट कालीपारी पश्चिमको सम्पूर्ण भू-भाग ब्रिटिश इन्डियामा गाभिएको पाइन्छ। सन् १८६० को सन्धिपछि मात्र यो क्षेत्र अर्थात कैलाली, कञ्चनपुर, बाँके र बर्दिया नयाँ मुलुकको रूपमा नेपालको अंग भएको हो।

नेपालको अंग बनेपछि कैलाली र कञ्चनपुर (कैलाली र कंचनपुर) छुट्टै जिल्ला बन्न पुगेका हुन्। कञ्चनपुर जिल्ला बनेपछि सर्वप्रथम यसको सदरमुकाम हाल बेलौरी बजारमा रहेको र सोही बेलौरीको कञ्चनपुर नामक गाउँबाट कञ्चनपुर जिल्लाको नामकरण हुन गएको हो भन्ने केही इतिहासकारहरूको भनाई छ ।

भौगोलिक अवस्था

  • अक्षांश: २८.३२" उत्तरदेखि २९. २८" उत्तरी अक्षांश
  • देशान्तर: ८०.३" पूर्वदेखि ८०.३३" पूर्वी देशान्तर
  • सिमाना: पूर्व-कैलाली जिल्ला, पश्चिम तथा दक्षिण- उत्तराञ्चल,भारत र उत्तर-डडेलधुरा जिल्ला
  • क्षेत्रफल: १,६१० वर्ग कि.मि.
  • औसत लम्बाई: ४४ कि.मि. (पूर्व-पश्चिम)
  • औसत चौडाई: ३४ कि.मि. (उत्तर-दक्षिण)
  • होचो भाग: समुद्री सतहदेखि दक्षिणमा १७६ फिट
  • अग्लो भाग: समुद्री सतहदेखि उत्तरमा १,५२८ फिट

जिल्लाको जम्मा क्षॆत्रफल १,६१,७४१ हेक्टरमध्ये ५९,५३२ हेक्टर (३७%) खेतीयोग्य तथा ८८,२०० हेक्टर (५५%) वन-जङ्गल र खोला नालाले ओगटेको अन्य १४,००९ हेक्टर (८%) छ। भौगोलिक विभाजनको आधारमा यस जिल्लालाई चुरे भूभाग भावरको भूभाग र तराईमैदान गरी ३ भागमा विभाजन गरी हेर्न सकिन्छ। जलवायुको दृष्टिकोणले चुरे पर्वतीय श्रृङ्खलाबाहेक अन्य क्षेत्रमा उष्ण तथा उपोष्ण खालको हावापानी पाइन्छ र तापक्रम औसत अधिकतम ४३ डिग्री सेन्टिग्रेड र औसत न्यूनतम ३० डिग्री सेन्टिग्रेडसम्म पुग्न जान्छ। औसत तापक्रम ३०.५० डिग्री सेन्टिग्रेड रहेको पाइन्छ। औसत वर्षा वार्षिक १७७१.५ मिलि लिटर रेकर्ड गरिएको छ। यहाँको जलवायुमा प्रचूर मात्रामा आर्द्रता पाइन्छ जुन सरदर ७१.१६% रेकर्ड गरिएको छ। ८८,२०० हेक्टर वनक्षेत्रमध्ये आरक्षक्षेत्र ३०,५०० हेक्टर (३५%)रहेको छ। जिल्लाको चुरे तथा भावर क्षेत्रबाहेक अन्य क्षेत्र खेतीयोग्य छ। जिल्लाभित्र जल निकासको हिसावले प्रमुख नदी प्रणालीको रूपमा महाकाली, चौधर, दोधा र मोहना नदीप्रणालीहरू रहेका छन्। राजनीतिक विभाजनको आधारमा हाल जिल्लालाई ४ निर्वाचन क्षेत्रहरू ७ नगरपालिका र २ गाउपालिकामा विभाजन गरिएको छ ।

प्रमुख व्यापारीक केन्द्रहरू

पर्यटकिय स्थलहरू


पछिल्लो अपडेट गरिएको : 2078-06-10 02:29:11

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय , त्रिभुवनवस्ती, कन्चनपुर

Powered By: ProActive Developers